राष्ट्रियसभा अध्यक्षसँग शिक्षक नेताहरूको भेट, प्रमाणपत्रमा विद्यार्थीको त्रुटिपूर्ण नाम मिलाउने प्रावधानबारे ध्यानाकर्षण

हिमाल प्रेस ३० जेठ २०८२ १०:३७
112
SHARES
राष्ट्रियसभा अध्यक्षसँग शिक्षक नेताहरूको भेट, प्रमाणपत्रमा विद्यार्थीको त्रुटिपूर्ण नाम मिलाउने प्रावधानबारे ध्यानाकर्षण

काठमाडौँ- नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई भेटगरी प्रमाणपत्रमा त्रुटिपूर्ण नाम मिलाउने प्रावधानसहितको ऐन संशोधन विधेयक छिटो अघि बढाउन आग्रह गरेका छन्।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा, एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लछिराम शर्मा ढकालसहितको टोलीले राष्ट्रिय सभाका अध्यक्षसँग बुधबार भेट गरेको हो।

शिक्षक नेताहरूले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा विद्यार्थीको नाम सच्याउने व्यवस्था रहेको उल्लेख गर्दै उक्त विधेयक राष्ट्रियसभाको विधायन समितिमा छलफलमा रहेकाले द्रुत मार्गबाट पारित गराउन आग्रह गरेका हुन्।

राष्ट्रियसभाका अध्यक्ष दाहालले शिक्षकहरूको मागलाई सकारात्मक रूपमा ग्रहण गर्दै विषयगत समिति सभापति तुलसा दाहालसँग समन्वय गरी प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast