माधव नेपाल र विप्लवसँग पार्टी एकताको छलफल भइरहेको छ : प्रचण्ड

हिमाल प्रेस २७ जेठ २०८२ १७:३७ | Tuesday, June 10, 2025
माधव नेपाल र विप्लवसँग पार्टी एकताको छलफल भइरहेको छ : प्रचण्ड फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल र विप्लवसँग पार्टी एकताको छलफल चलिरहेको बताएका छन्। मंगलबार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामा रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासँग एकताको छलफल चलिरहेको बताएका हुन्।

प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउने गरी ध्रुवीकरणको कार्यलाई प्राथमिकतामा राखिएको जिकिर गरे। प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताए। उनले अभियानका क्रममा माओवादीको पक्षमा जनमत बढ्दै गएको देखिएको बताए।

माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा निरन्तर लागेको उनले बताए।

प्रकाशित: २७ जेठ २०८२ १७:३७ | Tuesday, June 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast