देशभर गर्मी बढ्दै, बुधबारदेखि भारी वर्षाको सम्भावना

हिमाल प्रेस २६ जेठ २०८२ ६:४६
222
SHARES
देशभर गर्मी बढ्दै, बुधबारदेखि भारी वर्षाको सम्भावना माैसम अवस्था। फाइल तस्बिर।

काठमाडौँ- देशको पश्चिमी र मध्य भू-भागमा हाल पश्चिमी वायु र स्थानीय वायु सक्रिय रहेका छन् भने कोशी प्रदेशमा भने मनसुनी वायु को प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशीमै सीमित मनसुन अझै देशभर फैलन सकेको छैन।

सोमबार देशका पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भाग मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ। कोशी प्रदेशका थोरै स्थानहरू र अन्य प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहँदै आएको छ। यद्यपि अधिकांश भू-भागमा मौसम अझै पनि मुख्यतः खुल्ला रहनेछ।

मौसमविद्का अनुसार सोमबार र मंगलबार देशभर गर्मी अझै बढ्नेछ। मंगलबारदेखि वर्षाको क्रम सुरु हुने र बुधबारबाट तापक्रम घट्दै वर्षा बढ्दै जानेछ।

महाशाखाकाको भनाइमा यो हप्ताभित्रै मनसुन नेपालभर फैलने सम्भावना प्रबल देखिएको छ।

प्रकाशित: २६ जेठ २०८२ ६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast