सडकमा हेलिकप्टरको आकस्मिक अवतरण

हिमाल प्रेस २४ जेठ २०८२ १७:५९
46
SHARES
सडकमा हेलिकप्टरको आकस्मिक अवतरण

काठमाडौँ-  भारतको उत्तराखण्डस्थित रुद्रप्रयागराजमा शनिबार एक हेलिकप्टर सडकमा आकस्मिक अवतरण भएको छ।  पाँच जना यात्रु बोकेर केदारनाथतर्फ गइरहेको केस्ट्रेल एभिएसन प्रालिको हेलिकप्टरले सडकमा आकस्मिक अवतरण गरेको हो।

उडान गरेसँगै प्राविधिक समस्या देखिएपछि पाइलटले हेलिकप्टरलाई सडकमा अवतरण गरेको बताइएको छ। घटनाबारे जानकारी पाएसँगै सुरक्षाकर्मीको टोलीले हेलिकप्टरलाई सडकबाट हटाएको थियो।

जिल्ला पर्यटन विकास अधिकारी र हेली सेवा नोडल अधिकारी राहुल चौबेले भने,‘बडासुस्थित बेसबाट पाँच यात्रु बोकेर केदारनाथतर्फ गइरहेको केस्ट्रेल एभिएसन प्रालिको हेलिकप्टरमा प्राविधिक समस्या देखिएको थियो। पाइलटले खाली सडक देखेर आकस्मिक अवतरण गर्नुपर्‍यो।’

उनले हेलिकप्टरमा सवार सबै यात्रु सुरक्षित रहेको र पाइलटलाई सामान्य चोट लागेको बताए।

चौबेले आकस्मिक अवतरणका क्रममा सडकमा रोकेर राखिएको एक कार क्षतिग्रस्त भएको जानकारी दिएको बीबीसीले जनाएको छ।

प्रकाशित: २४ जेठ २०८२ १७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast