नेपालमा मनमोहन अधिकारी र केपी ओलीको ९ महिने सरकारबाहेक अन्य सरकारले जनमत बढाउन सकेनन् : शंकर पोखरेल

हिमाल प्रेस ३१ साउन २०८३ ११:४० | Sunday, August 16, 2026
18
SHARES
नेपालमा मनमोहन अधिकारी र केपी ओलीको ९ महिने सरकारबाहेक अन्य सरकारले जनमत बढाउन सकेनन् : शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू सङ्घर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा आमरुपमा कमजोर देखिएको निष्कर्ष निकालेका छन्। उनले विभिन्न कारण खुलाउँदै विभिन्न तत्वलाई उपेक्षाका कारण कमजोर भएको उल्लेख गरेका छन्।

सामाजिक सन्जालमार्फत पोखरेलले अर्थराजनीति’ को विषय उपेक्षित गरिएको, क्रान्तिपूर्वको ‘सरकार शक्ति सञ्चयको आधार हो’ भन्ने मान्यता व्यवहारमा लागुहुन नसकेको, कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार हुदा देशभक्ति,पूर्वाधार विकास र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम भए । तर पनि जनसमर्थन भने बढ्नुको साटो आमरुपमा घट्न पुगेको बताएका छन्। उनले २०५१ को मनमोहन नेतृत्वको अल्पमतको सरकार र २०७२ को केपी ओली नेतृत्वको ९ महिने वामपंथी सरकारमा बाहेक अन्य कुनै पनि वामपन्थी नेतृत्वको सरकारले जनमत बढाउन नसकेको बताएका छन्।

उनले आम निर्वाचन २०८२मा सिंगो वामपन्थी आन्दोलनले वेहोर्नु परेको असाधारण धक्काले वाम तथा कम्युनिष्ट आन्दोलनका वारेमा नयाँ ढंगले चिन्तन मनन गर्नु पर्ने ठाउमा पुर्याएको भन्दै कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा आधारभूत वर्ग र समुदायका जनता नै कम्युनिष्ट पार्टीसंग किन टाढिए ? किन नेता र कार्यकर्तामा सामाजिक परिवर्तन प्रतिको हुटहुटी सिथिल भयो ? भन्ने कुरामा समीक्षा खोज्नुपर्ने बताएका छन्। उनले निर्मम समीक्षा नगरी कम्युनिस्ट आन्दोलनको पुनर्जागरण सम्भव नरहेको बताएका छन्।

‘हरेक समस्याका पछाडी कुनै न कुनै कारण हुन्छ र त्यसको समाधान पनि त्यस्मै निहित हुन्छ । यो मार्क्सवादी मान्यता हो । तसर्थ समस्या छ भनेर भाग्ने होइन, सामना गरेर अघि बढ्ने हो ।’ उनले भनेका छन्।

प्रकाशित: ३१ साउन २०८३ ११:४० | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast