विपद् व्यवस्थापनका लागि तयार रहन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस २१ जेठ २०८२ १८:२७
18
SHARES
विपद् व्यवस्थापनका लागि तयार रहन प्रहरीलाई गृहमन्त्रीको निर्देशन गृहमन्त्री रमेश लेखक

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले  विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

बुधबार सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन्।

‘जुनसुकै बेला जेसुकै हुन सक्छ। त्यो मानसिकताका साथ बस्नुपर्छ। मनसुनजन्य विपद्को पूर्वानुमान हुन्छ। तर, भुकम्प र आगलागीको पूर्वानुमान हुँदैन,’ उनले भने, ‘हामी मनसुनको पूर्वसन्ध्यामा छौँ। मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ। त्यसको पूर्वतयारीमा हामी तयार रहनुपर्छ।’

विपद्को व्यवस्थापन पनि नपाल प्रहरीको जिम्मेवारी रहेको भन्दै चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकले निर्देशन दिए।

‘विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी हो भनेर कानुनमै उल्लेख छ। नेपाल प्रहरीको उपस्थिति नागरिक तहमा विशाल छ। मानिसमा प्रहरीप्रति आशा र भरोसा बढ्दो छ। विपद्मा मानिसले सबैभन्दा पहिले प्रहरी नै खोज्छ। हामीले जनताको भावनालाई सेवाको भावले सम्बोधन गर्नुपर्छ,’ उनले भने।

अहिले  बाढीपहिरो र डुबानको जोखिम न्युनीकरण र व्यवस्थापनको तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ थियो।

‘मनसुनजन्य विपद्का लागि आजदेखि तयार हुनुप¥यो। समयमै पूर्वसूचना गराउन र उद्धारका लागि तयार अवस्थामा बस्न जरुरी छ। जेष्ठ २८ गतेबाट मनसुन सक्रिय हुने अनुमान छ,’ उनले भने।

यसपटक पहिलेको भन्दा नेपाल प्रहरीको बजेट बढेको भन्दै तलब, पोशाक, महँगी भत्तामा कुनै समस्या नहुने उनको भनाइ थियो। यस्तै नेपाल प्रहरीको ऐन संशोधनका लागि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा चाँडै छलफल सुरु हुने गृहमन्त्री लेखकले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast