सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

हिमाल प्रेस २८ पुष २०७९ १७:१९ | Thursday, January 12, 2023
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

धनगढी- सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलसहित २ मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन्।  बिहीबार प्रदेश प्रमुख देवराज जाेशीले मुख्यमन्त्री राजेन्द्रसिंह रावल, मन्त्रीहरू खगराज भट्ट र सन्ताेष शर्मा थापालाई पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराएका हुन्।

शपथ ग्रहण गरेका दुवै मन्त्री बिनाविभागीय रहेका छन्। भट्ट मा‌‌‌ओवादी केन्द्रका संसदीय दलका नेता हुन् भने थापा एमाले संसदीय दलकी उपनेता हुन्। सुदूरपश्चिम प्रदेशमा एमालेकाे नेतृत्वमा माओवादी, नागरिक उन्मुक्ति र राप्रपाकाे समर्थन रहेकाे छ।

प्रकाशित: २८ पुष २०७९ १७:१९ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast