बालुवाटार क्षेत्रमा राजावादीहरूले गरे प्रदर्शन

हिमाल प्रेस १७ जेठ २०८२ १७:३४ | Saturday, May 31, 2025
बालुवाटार क्षेत्रमा राजावादीहरूले गरे प्रदर्शन

काठमाडौँ- राजसंस्था पुनः स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले शनिबार पनि काठमाडौँमा प्रदर्शन गरेको छ।

समितिको अगुवाइमा बालुवाटार क्षेत्रमा प्रदर्शन भएको हो।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार राजवादीहरूले नारायणहिटी दरबार परिसरमा प्रदर्शन गर्ने तय भए पनि शुक्रबार साँझ निषेधित क्षेत्र घोषणा भएपछि शान्तिवाटिकाबाट प्रदर्शन सुरू गरेका हुन्।

शान्तिवाटिकाबाट सुरू भएको प्रदर्शन कमलादी हुँदै बालुवाटार क्षेत्र पुगेको थियो। प्रदर्शनमा राप्रपा, राप्रपा नेपाललगायतका दलका नेता कार्यकार्ता सहभागी थिए।

प्रकाशित: १७ जेठ २०८२ १७:३४ | Saturday, May 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast