प्रशासनले निषेधाज्ञा लगाएपछि राजावादी आक्रोशित, प्रदर्शनस्थल परिवर्तन

हिमाल प्रेस १७ जेठ २०८२ ६:४५ | Saturday, May 31, 2025
प्रशासनले निषेधाज्ञा लगाएपछि राजावादी आक्रोशित, प्रदर्शनस्थल परिवर्तन फाइल तस्बिर।

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेपछि राजावादी समूह संयुक्त जनआन्दोलन समितिले आजका लागि निर्धारित प्रदर्शनस्थल परिवर्तन गरेको छ।

दरबारमार्गमा हुने भनिएको प्रदर्शन शान्ति बाटिका (रत्नपार्क)मा तय भएको समितिका संयोजक नवराज सुवेदीद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ।

उनले शनिबारदेखि नै लागू हुने गरेर सरकारले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा घोषणा गरेर नागरिकको मानव अधिकार र प्रजातान्त्रिक स्वतन्त्रतामाथि फेरि एकपटक कुठाराघात गरेको आरोप लगाए।

सरकारले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा लगाइदिएपछि राजावादीहरूको भोलिको आन्दोलन प्रभावित बन्ने भएको छ । निषेधाज्ञा तोड्ने नीति अहिले नरहेको नेताहरूले बताएका छन्।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भोलिको आन्दोलन स्थगित नहुने बताए ।

प्रकाशित: १७ जेठ २०८२ ६:४५ | Saturday, May 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast