चीनसँग नयाँ व्यापार तनाव हुनसक्ने ट्रम्पको संकेत

हिमाल प्रेस १६ जेठ २०८२ २०:५३ | Friday, May 30, 2025
चीनसँग नयाँ व्यापार तनाव हुनसक्ने ट्रम्पको संकेत फाइल तस्बिर

वासिङ्टन (रासस/एएफपी)- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले कर वृद्धि कम गर्ने सम्झौताको ‘उल्लंघन’ गरेको भन्दै चीनसँग नयाँ व्यापार तनावको संकेत गरेका छन्।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँगको व्यापार वार्ता ‘केही हदसम्म अवरुद्ध’ भएको बताएको केही घण्टापछि ट्रम्पले ट्रुथ सोसल प्लेटफर्म नामक आफ्नै लगानीको सामाजिक सञ्जालमा नयाँ व्यापार तनावको संकेत गरेका हुन्।

जेनेभामा उच्च अधिकारीबीच भएको वार्तापछि विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकले एकअर्कामाथि लगाएको उच्च करलाई अस्थायी रुपमा घटाउन यसै महिना सहमति जनाएका थिए।

शुक्रबार ट्रम्पले लेखेका छन्, ‘चीनले अमेरिकासँगको सम्झौताको पूर्ण रुपमा उल्लंघन गरेको छ।’

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले सीएनबीसीसँग भने, ‘बेइजिङले महत्वपूर्ण खनिजहरू जस्ता वस्तुको आपूर्ति रोक्ने वा सुस्त बनाउने प्रक्रिया जारी राखेको छ।’

उनले चीनसँग संयुक्त राज्य अमेरिकाको व्यापार घाटा ‘अझै पनि व्यापक रहेको’ र वासिङ्टनले बेइजिङको व्यवहारमा ठूलो परिवर्तन नदेखेको बताए।

प्रकाशित: १६ जेठ २०८२ २०:५३ | Friday, May 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast