५० हजारभन्दा बढी बंगलादेशी नागरिकको रोजगारी गुम्यो

हिमाल प्रेस १३ जेठ २०८२ २०:४९ | Tuesday, May 27, 2025
५० हजारभन्दा बढी बंगलादेशी नागरिकको रोजगारी गुम्यो

काठमाडौँ- बंगलादेशमा यूएसएआईडीको सहयोगमा सञ्चालित ५९ मध्ये ५५ वटा कार्यक्रम बन्द हुँदा विकास क्षेत्रमा रोजगारी गुमेको छ भने ५० हजारभन्दा बढीले रोजगारी गुमाएका छन्।

एशोसिएसन अफ बेरोजगार विकास व्यवसायी (एयूडीपी) की संयोजक जिनत आरा अफ्रोजले मंगलबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्।

एक लिखित वक्तव्य पढेर सुनाउँदै उनले यी परियोजना र सम्बद्ध परियोजनाहरूमा संलग्न ५० हजारभन्दा बढी पेशेवरहरूले रोजगारी गुमाएको र देशले ७० करोड अमेरिकी डलर बराबरको विकास सहायता गुमाएको बताए।

उगले तत्काल एयूडीपीसँग वार्ता गरेर समस्याको समाधान खोज्न माग पनि गरे।

यूएसएआईडी बंगलादेशले जनवरी २५ मा आफ्ना परियोजना कार्यान्वयन साझेदारहरूलाई लेखेको पत्रमा भनिएको छ, ‘अन्य देशहरूसँगै एजेन्सीले बंगलादेशमा करार, कार्य आदेश, अनुदान, सहकारी सम्झौता वा अन्य सहायता वा खरीद उपकरणहरू अन्तर्गत कुनै पनि काम तत्काल बन्द वा निलम्बन गर्ने घोषणा गरेको छ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको सबैभन्दा ठूलो मानवीय दातृ निकाय यूएसएआईडीको आर्थिक सहयोगसम्बन्धी कार्यक्रम पुनरावलोकन गर्न सबै देशलाई दिइने विकास सहायता ९० दिनका लागि स्थगन गर्ने कार्यकारी आदेश जारी गरेका थिए।

प्रकाशित: १३ जेठ २०८२ २०:४९ | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast