बागमती पुलमा बाढी आएपछि हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध

हिमाल प्रेस १० जेठ २०८२ ७:०४ | Saturday, May 24, 2025
बागमती पुलमा बाढी आएपछि हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध फाइल तस्बिर- रासस

बागमती- हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक गए रातिदेखि अवरुद्ध भएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको उनले बताए। कान्तिलोकपथ सडक अवरुद्ध रहेकाले हेटौँडा–काठमाडौँ आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे।

प्रकाशित: १० जेठ २०८२ ७:०४ | Saturday, May 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast