युवा संघको महाधिवेशन पोखरामा, देशभरबाट दुई हजार प्रतिनिधि सहभागी

हिमाल प्रेस ९ जेठ २०८२ ९:२० | Friday, May 23, 2025
युवा संघको महाधिवेशन पोखरामा, देशभरबाट दुई हजार प्रतिनिधि सहभागी

पोखरा- नेकपा एमालेनिकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह अमरसिंह चौरमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

ओली पोखरा आउने भएपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ। प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि आउने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए।

तीन दिनसम्म चल्ने महाधिवेशनको बन्दसत्र भने पोखरा सभागृहमा हुनेछ। युवा संघ नेपाल कास्की सचिव हिमाल गुरुङका अनुसार महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिवसहित १ सय ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछ।

महाधिवेशनबाट अध्यक्षसहित सिंगो कमिटी सर्वसम्मत चयन गर्ने तयारी छ। महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पोखरा आउने क्रम जारी छ। महाधिवेशनमा देशभरबाट करिब दुई हजार जना प्रतिनिधिले भाग लिँदैछन्।

प्रकाशित: ९ जेठ २०८२ ९:२० | Friday, May 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast