नेपाली सेनाले मनायो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

हिमाल प्रेस २७ पुष २०७९ २१:५५ | Wednesday, January 11, 2023
नेपाली सेनाले मनायो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौँ– नेपाली सेनाले पुस २७ गतेको अवसर पारेर बुधबार (आज) पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ। विगत वर्षहरूमा झैं यस वर्ष पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाइएको सेनाले जनाएको छ।

दिवस मनाउने क्रममा पुस २१ गतेबाट पुस २७ गतेसम्म एकीकरण मार्ग पदयात्रा सञ्चालन गरिएको सेनाले जानकारी दिएको छ। ‘बडामहाराजाधिराजबाट नेपाल एकीकरण अभियानको थालनी गर्ने बेला स्थापना भएका ५ वटा पल्टनको प्रतिनिधित्व हुने गरी सञ्‍चालन भएको पदयात्रा गोरखाबाट धादिङ, नुवाकोट, काठमाडौँ हनुमानढोकाहुँदै जंगी अड्डा पुगेर समापन भएको हो। उक्त पदयात्रा टोली काठमाडौँ पुगेपछि बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फोटो बग्गीमा राखी नगर परिक्रममा गरिएको हो,’ सेनाले जनाएको छ।

सोही अवसरमा जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले जंगी अड्डास्थित शाहको सालिकमा माल्यार्पण गरेका हुन्। सो क्रममा कविता प्रतियोगिताका उत्कृष्ट कविताहरू वाचन गर्नुका साथै प्रा.डा. जगमान गुरुङ प्रा.डा. घनश्याम भट्टराईबाट शाहको दिव्योपदेशसम्बन्धी प्रवचन भएको सेनाले जानकारी दिएको छ।

सेनापति शर्माले कविता प्रतियोगिता तथा लघु नाटक प्रतियोगिताका विजयी सकलदर्जा तथा छात्रछात्राहरूलाई पुरस्कृत गरे।

सेनापति शर्माले बुधबार नै गोरखास्थित गोरखा दरबार ठूलो आँगनमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन तथा विगुलद्वारा विजय ध्वनीसहित राष्ट्रनिर्माता सलामी अर्पण गर्ने कार्यको शुभारम्भ र शाहको पूर्णकदको सालिक अनावरणसमेत गरेको सेनाले जनाएको छ।

प्रकाशित: २७ पुष २०७९ २१:५५ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast