मधेशका दुई नवनियुक्त मन्त्रीले लिए सपथ

हिमाल प्रेस ८ जेठ २०८२ २१:५२ | Thursday, May 22, 2025
मधेशका दुई नवनियुक्त मन्त्रीले लिए सपथ

काठमाडौँ- मधेश प्रदेश सरकारका दुई नवनियुक्त मन्त्रीहरूले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले वन तथा वातावरणमन्त्री सञ्जय यादव र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्त कुशवाहालाई पद तथा गोपनीयताको सपथ गराइन्।

कुशवाहाको मधेश सरकारमा दोस्रो कार्यकाल हो। उनले यसअघि जसपा नेपालका सरोजकुमार यादव नेतृत्वको सरकारमा भूमिसुधार, कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

नवनियुक्त मन्त्रीहरू यादव र कुशवाहा दुवै जना जनमत पार्टीका प्रदेशसभा सदस्य हुन्।

यसअघि बिहीबारै जनमत पार्टीले मन्त्रिपरिषद्बाट त्रिभुवन साह र सकील मियाँ अन्सारीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

जनमत पार्टी प्रदेश संसदीय दलका नेता महेश यादवले दुई मन्त्रीहरूको कार्यकाल एक वर्ष पुगेको र कार्यसम्पादन मूल्यांकन गरेर फिर्ता बोलाइएको बताएका छन।

प्रकाशित: ८ जेठ २०८२ २१:५२ | Thursday, May 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast