द्वन्द्वपीडितको कार्यक्रमबीचबाटै किन बाहिरिए डा.भट्टराई?

हिमाल प्रेस ८ जेठ २०८२ १८:३६ | Thursday, May 22, 2025
द्वन्द्वपीडितको कार्यक्रमबीचबाटै किन बाहिरिए डा.भट्टराई?

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यपक्ष र सशस्त्र द्वन्द्वपक्षले बराबरी दायित्व लिएर शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन्।

नेपाल मानवअधिकार संगठनले बिहीबार काठमाडौँमा आयोजना गरेको मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर विषयक नागरिकस्तरीय छलफल कार्यक्रममा भट्टराईले सशस्त्र द्वन्द्वका समयमा राज्यको सेना र क्रान्तिकारी सेनागरी दुईथरी सेना रहेको र उनीहरुको द्वन्द्वका क्रममा १७ हजारको ज्यान गएको भन्दै बराबरी दायित्व लिएर शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका हुन्।

उनले विश्वमा भएका द्वन्द्वमा हजारौँ लाखौँ मारिए पनि नेपालमा भएको सशस्त्र द्वन्द्वमा १७ हजारको मात्रै मृत्यु भएको जिकिर गरे। तत्कालीन समयमा भएको त्रिपक्षीय राजनीतिक संघर्षपछि एक पक्ष निरंकुश राजतन्त्र अन्त्य भइसकेको अवस्थामा अब शान्तिप्रक्रियालाई टुंग्याउनु राज्यपक्ष र सशस्त्र द्वन्द्वपक्षको बराबरीको दायित्व भएको उनले बताए।

विश्वको तुलनामा नेपालमा थोरै मात्रै मान्छेको ज्यान गएको धारणा राखेपछि द्वन्द्वपीडितले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध भएपछि भट्टराई कार्यक्रमको बीचबाटै बाहिरिनुपरेको थियो।

प्रकाशित: ८ जेठ २०८२ १८:३६ | Thursday, May 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast