जनमतले मधेश सरकारबाट दुई मन्त्री फिर्ता बोलाउँदै

हिमाल प्रेस ८ जेठ २०८२ १६:३९ | Thursday, May 22, 2025
जनमतले मधेश सरकारबाट दुई मन्त्री फिर्ता बोलाउँदै

काठमाडौँ- जनमत पार्टीले मधेश सरकारबाट दुई मन्त्री फिर्ता बोलाउने भएको छ। जनमतले वनमन्त्री त्रिभुवन साह र उद्योगमन्त्री सकिल अलि मियाँलाई फिर्ता बोलाउन लागेको हो।

मन्त्री साहको ठाउँमा वनमन्त्रीमा सञ्जयकुमार यादव र मियाँको ठाउँमा उद्योगमन्त्रीमा वसन्त कुशवाहालाई जनमतले सरकारमा पठाउन लागेको हो।

जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेता महेश यादवले दुवै मन्त्रीलाई बिहीबारै फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने निर्णय भएको बताए। उनले दुवै नयाँ मन्त्रीको सपथग्रहण आजै हुने जानकारी दिए।

संसदीय दलका नेता यादवले दुवै मन्त्रीको एक वर्षको कामको समीक्षा गरेर सरकारबाट फिर्ता बोलाउने निर्णय भएको बताए।

‘सरकारमा गएको उहाँ दुवै जनाको एक वर्ष भइसकेको थियो,’ यादवले हिमालप्रेससँग भने,‘दुवै जनाको कामको मूल्यांकन गरेर सरकारबाट फिर्ता बोलाउने निर्णय गरेका छौँ।’

जनमत पार्टीले नेपाली कांग्रेस, एमाले र लोसपाको समर्थनमा सरकारको नेतृत्व गरिरहेको छ। जनमतको हिस्सामा मुख्यमन्त्रीसहित दुई मन्त्री रहेका छन्।

प्रकाशित: ८ जेठ २०८२ १६:३९ | Thursday, May 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast