सरकार ढल्ने हल्ला निराधार, कांग्रेस-एमाले गठबन्धन चुनावसम्म जान्छ : एमाले महासचिव पोखरेल

हिमाल प्रेस ७ जेठ २०८२ ११:५३ | Wednesday, May 21, 2025
सरकार ढल्ने हल्ला निराधार, कांग्रेस-एमाले गठबन्धन चुनावसम्म जान्छ : एमाले महासचिव पोखरेल फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार ढल्ने हल्लालाई निराधार बताएका छन्। उनले वर्तमान एमाले-कांग्रेस सत्तागठबन्धन २०८४ को आमनिर्वाचनसम्म कायम रहने दाबी गरेका हुन्।

प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सत्तासाझेदार दलहरूबीच गम्भीर असमझदारी नहुँदासम्म सरकार नढल्ने स्पष्ट पारे।

‘सरकार ढल्ने कामना नगर्दा हुन्छ,’ उनले भने, ‘नेकपा एमाले र नेपाली कांग्रेसबीच अहिले कुनै असमझदारी छैन। त्यसैले यो गठबन्धन चुनावसम्म जान्छ।’

महासचिव पोखरेलले प्रतिनिधिसभामा एकल बहुमत नपुगेका कारण दलहरूबीच गठबन्धनको बाध्यता रहेको बताए। ‘कसैको बहुमत नभएकाले दलहरूबीच गठबन्धन गर्नु पर्ने बाध्यता नै हो,’ उनले भने, ‘यस्तो बेलाको सरकार एउटै दलको नीतिमा होइन, सामूहिक नीति र सहमतिमा आधारित भएर सञ्चालन हुने गर्छ। अहिले त्यही भइरहेको छ।’

उनका अनुसार यो सरकार एकीकृत एजेन्डामाथि टेकेर अघि बढिरहेको छ र साझा भावनाअनुसार काम भइरहेको छ।

प्रकाशित: ७ जेठ २०८२ ११:५३ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast