१९ औँ पटक सगरमाथा शिखर पुगेर आफ्नै कीर्तिमान तोडे केन्टन कुलले

हिमाल प्रेस ५ जेठ २०८२ १६:४९ | Monday, May 19, 2025
12
SHARES
१९ औँ पटक सगरमाथा शिखर पुगेर आफ्नै कीर्तिमान तोडे केन्टन कुलले फाइल तस्बिर

काठमाडौँ– बेलायती पर्वतारोही केन्टन कुलले सगरमाथाको १९ औँ पटक सफल आरोहण गरेका छन्। उनी सगरमाथा आरोहणको सबैभन्दा धेरैपटकको आफ्नै कीर्तिमान तोड्ने गैरशेर्पा पर्वतारोही रहेको बीबीसीले जनाएको छ।

५१ वर्षीय कुल नेपाली शेर्पा दोर्जी ग्याल्जेनको साथमा स्थानीय समयअनुसार आइतबार बिहान ११ ८,८४९ मिटर (२९,००० फिट) अग्लो सगरमाथा शिखरमा पुगेका हुन्।

कुलले पहिलो पटक सन् २००४ मा सगरमाथा आरोहण गरेका थिए। त्यसपछि उनी प्रायः हरेक वर्ष शिखरमा पुगेका छन्।

शेर्पा ग्याल्जेनले यसपटक सगरमाथाको २३ औँ पटक सफल आरोहण गरेका हुन्। अर्का नेपाली कामीरिता शेर्पाले ३० पटक सगरमाथा चढिसकेका छन्। यो हालसम्मको विश्व कीर्तिमान हो। उनी अहिले पनि नयाँ कीर्तिमान राख्ने लक्ष्यसहित सगरमाथा आरोहणमै छन्।

प्रकाशित: ५ जेठ २०८२ १६:४९ | Monday, May 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast