थाइल्यान्ड महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा, यूएईलाई हराउनैपर्ने दबाबमा नेपाल

हिमाल प्रेस ४ जेठ २०८२ १७:५९ | Sunday, May 18, 2025
थाइल्यान्ड महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा, यूएईलाई हराउनैपर्ने दबाबमा नेपाल

काठमाडौँ– थाइल्यान्डले महिला टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान पक्का गरेको छ। आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आइतबार घरेलु टोली थाइल्यान्डले यूएईलाई ५४ रनले पराजित गर्दै ग्लोबल छनोटमा स्थान पक्का गरेको हो।

अब नेपाल र यूएईमध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन्। सोमबार नेपाल र यूएईबीचको खेल हुँदैछ। ग्लोबल छनोटमा स्थान पक्का गर्न दुवै टोली जित हातपार्ने दबाबमा हुनेछन्।

नेपालले यूएईलाई हराए एक खेलअगावै ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ। यदी हार बेहोरेमा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ।

टेर्डथाई क्रिकेट मैदानमा थाइल्यान्डले प्रस्तुत गरेको १४५ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभर खेलेर ९० रनमात्रै बनाउन सक्यो।

यूएईका लागि हिना होटनन्दनीले ३२, उडेनी डोनाले अविजित १७, लाभन्या केनीले १४ र कप्तान इशा ओजाले ११ रन बनाए।

थाइल्यान्डका लागि थिपाच्चा पुथावोङले दुई तथा चनिडा सुथिरुङ र सुनिदा चतुरंगरत्नले १–१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४४ रनको योगफल तयार पारेको थियो।

थाइल्यान्डका लागि नटाया बुचाथमले ४९, नथ्थकन चन्थमले अविजित ४६ र कप्तान नन्नापत कोन्चारोएनकाईले ३९ रन बनाए।

यूएईका लागि इशा ओजाले २ तथा सुरक्षम कोटे, केटी थम्पसन र एथिगे सिल्भाले समान १–१ विकेट लिए।

प्रकाशित: ४ जेठ २०८२ १७:५९ | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast