नेसपा नयाँ शक्तिको बुटवल उपमहानगर अधिवेशन : रुचालको अध्यक्षतामा १७ सदस्यीय समिति चयन

हिमाल प्रेस ४ जेठ २०८२ ११:१४ | Sunday, May 18, 2025
नेसपा नयाँ शक्तिको बुटवल उपमहानगर अधिवेशन : रुचालको अध्यक्षतामा १७ सदस्यीय समिति चयन

बुटवल- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बुटवल उपमहानगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले हेम रुचालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

चयन गरिएका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष सम्झना केसी र शिशिर घर्तिमगर, सचिव सुजन कुँवर, सहसचिव विजय विक र सञ्जय कार्की तथा कोषाध्यक्ष पुष्पा गुरुङ रहेका छन्।

त्यसैगरी, सदस्यहरूमा अमृत थापामगर, सुशान्त तुलाचन, सन्दीप न्यौपाने, टिकाराम पौडेल, विमला कुँवर र विनु परियार चयन भएका छन्। बाँकी चार जना सदस्यहरू भने पछि क्लस्टर अनुसार मनोनयन गरिने जनाइएको छ।

अधिवेशनको उद्घाटन पार्टीको केन्द्रीय पुनरावेदन समिति प्रमुख विष्णुहरि शर्माले गरेका थिए। उद्घाटन समारोहमा प्रमुख अतिथि शर्माले जनतामा विकसित राजनीतिक चेतना र नयाँ ढंगको राजनीतिक संस्कारलाई संस्थागत रूपमा अगाडि बढाउनु पर्नेमा जोड दिए। उनले पुराना सोच र दर्शनहरूले मुलुकको उन्नति सम्भव नभएको भन्दै नयाँ वैकल्पिक राजनीतिको आवश्यकता औंल्याए।

सो अवसरमा केन्द्रीय कोषाध्यक्ष हरि रिजाल, केन्द्रीय सदस्यहरू कमल खनाल, पंकज राई, रविना भण्डारी, शुशी पुलामी, जिल्ला संयोजक शोभाखर खनाल, लुम्बिनी प्रदेश जनपरिचालन तथा जनजागरण अभियान संयोजक हरि घर्तिमगर र सिद्धार्थनगर नगरपालिका अध्यक्ष विजय उपाध्यायलगायतले मन्तव्य राखेका थिए।

कार्यक्रमको सञ्चालन सुरज हितान मगरको अध्यक्षता तथा रिना नेपाली र विष्णु खत्रीको संयुक्त सञ्चालनमा सम्पन्न भएको थियो। स्वागत मन्तव्य अमिसा रसाइलीले प्रस्तुत गरेकी थिइन्।

शुभकामना मन्तव्य दिने अधिकांश केन्द्र र प्रदेश तहका नेताहरूले जनता परम्परागत दलहरूबाट वाक्क भइसकेको र अब नयाँ वैकल्पिक शक्तिको खोजीमा रहेको उल्लेख गर्दै नेसपा (नयाँ शक्ति) विचार, दर्शन, नीति, कार्यक्रम, शैली, संस्कार र आचरणका हिसाबले वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गरेका थिए।

प्रकाशित: ४ जेठ २०८२ ११:१४ | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast