घोषणा पत्र सार्वजनिक गरेर सगरमाथा संवादको समापन गरिँदै

हिमाल प्रेस ४ जेठ २०८२ ९:१२ | Sunday, May 18, 2025
घोषणा पत्र सार्वजनिक गरेर सगरमाथा संवादको समापन गरिँदै

काठमाडौँ- काठमाडौँमा जारी सगरमाथा संवाद आज सकिँदैछ।

जेठ २ गते सुरु संवाद आज सकिन लागेको हो। संवादको तेस्रो तथा अन्तिम दिन आज पौने १२ बजे समापन कार्यक्रम हुदैछ।

समापन समारोहमा तीन दिनसम्मको छलफलको निष्कर्षसहित घोषणा पत्र मिडिया ब्रिफिङ मार्फत जानकारी दिइने सगमाथा संवाद सचिवालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए।

हिजो विभिन्न ८ वटा छुट्टाछुट्टै विषयहरूमा संवाद भएको थियो। तेस्रो सत्रमा अन्तर्गत १२ वटा विषयमा संवाद गर्ने कार्यक्रम तय गरिएकोमा अस्ति ४ र हिजो ८ विषयमा संवाद सम्पन्न भएको सगरमाथा संवाद सचिवालयले जानकारी दिएको हो।

यसैबिच सगरमाथा संवादमा सहभागी ३५ जना पाहुनालाई सगरमाथा संवाद सचिवालयले आज बिहान माउन्टेन फ्लाइट गराएको छ।

माउन्टेन फ्लाइटमा ६ जना विभन्न देशका मन्त्रीसहित ३५ जना सहभागी छन्।

त्रिभुवन विमानस्थलमा प्रबक्ता रेन्ज शेर्पाका अनुसार बिहानै माउन्टेन फ्लाइटमा निस्केका पाहुनाहरु केहिबेरमा ल्याण्ड हुदैछन्।

प्रकाशित: ४ जेठ २०८२ ९:१२ | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast