प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पोरेसन’ का प्रमुखको भेट

हिमाल प्रेस ३१ वैशाख २०८२ १५:४४ | Wednesday, May 14, 2025
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पोरेसन’ का प्रमुखको भेट

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पोरेसन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले भेट गरेको छ।

भ्रमण दलले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग बुधबार भेट गरेको हो। भेटका क्रममा नेपालमा रेलवेको विकास विषयमा छलफल भएको छ।

१२६ वर्षे रेलवेको इतिहास बोकेको कोरियाको स्थापित यो कम्पनीले नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा देखाएको छ। भेटका अवसरमा ‘स्काइ वाक’ कम्पनीले तयार गरेको चतराधाम–चौरीखर्कसम्मको ‘एभरेष्ट रेलवे प्रोजेक्ट’ को एनिमेसन–भिडियो प्रस्तुत गरिएको थियो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीससिहत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले नेपालले जनकपुरबाट रेल सञ्चालन गरिसकेको जनाउँदै अन्य स्थानमा रेलवे निर्माण र सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा कोरियाली सहकार्यको पहल सकारात्मक भएको बताए।

कर्पोरेसनका प्रतिनिधिले यसअधि भौतिक पूर्वाधार मन्त्रालय र लगानी बोर्डसँग भेटेर रेलवे निर्माण र सहकार्यका लागि संयुक्त कार्य समूह बनाइ अध्ययन गर्ने विषयमा समझदारी गरेको थियो।

प्रकाशित: ३१ वैशाख २०८२ १५:४४ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast