रास्वपा सांसदले बजेटबारे लिए पूर्वअर्थसचिव खनालबाट प्रशिक्षण

हिमाल प्रेस ३० वैशाख २०८२ १५:१६
28
SHARES
रास्वपा सांसदले बजेटबारे लिए पूर्वअर्थसचिव खनालबाट प्रशिक्षण बजेटबारे सांसदहरूलाई विज्ञहरूबाट प्रशिक्षण दिलाएको विषयमा जानकारी दिँदै रास्वपा सांसद डा. स्वर्णिम वाग्ले।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्को बजेट अधिवेशनमा विषयमुखी भएर प्रभावकारी रुपमा छलफलमा भाग लिने निर्णय गरेको छ।

सिंहदरबारमा मंगलबार आफ्ना पार्टीका सांसदहरुलाई बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा विज्ञबाट प्रशिक्षित गर्दै रास्वपाले संसद्‌मा विषयमुखी भएर प्रभावकारी रुपमा छलफलमा भाग लिने लिने निर्णय गरेको हो।

रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले बजेट प्राविधिक विषय भएकाले विज्ञहरूबाट अन्तरक्रिया र प्रशिक्षण गराउने काम भएको बताए। पूर्वअर्थसचिव रामेश्वर खनालबाट बजेटका प्राविधिकका साथै लुकेका पाटोका विषयमा सांसदहरुलाई जानकारी गराइएको थियो।

वाग्लेले बजेटका सिद्धान्त र प्राथमिकता, बजेटका विषयमा रास्वपा सांसदहरुले सदनमा प्रभावकारी रूपमा छलफलमा भाग लिने बताए।

प्रकाशित: ३० वैशाख २०८२ १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast