माउन्टेन डियूद्वारा हिमाल आरोहणलाई लक्षित गर्दै ‘पिक्स अफ करेज’ अभियान सुरू

हिमाल प्रेस २९ वैशाख २०८२ १९:३० | Monday, May 12, 2025
माउन्टेन डियूद्वारा हिमाल आरोहणलाई लक्षित गर्दै ‘पिक्स अफ करेज’ अभियान सुरू

काठमाडौँ– पेप्सीको ब्रान्ड माउन्टेन डियूले पहिलोपत्रक नेपालको हिमाल आरोहणको विरासतलाई लक्षित गर्दै ‘पिक्स अफ करेज’ अभियान प्रारम्भ गरेको छ।

नेपाल पर्यटन बोर्ड र डिस्कभरी च्यानलसँगको सहकार्यमा माउन्टेन डियूले अभियान प्रारम्भ गरेको हो। अभियानमार्फत प्रचारमा नआएका नेपालका हिम शिखरबारे जानकारी प्रदान गर्नेछ।

नेपालको हिमाल आरोहणको विरासतसँग सम्बन्धित साहासिक, साहस र अव्यक्त कथाहरूको मर्मलाई उत्सवका रूपमा मनाइने यो एक प्रकारका पहिलो सांस्कृति अभियान रहेको कम्पनीले जनाएको छ।

नेपाल पर्यटन बोर्डद्वारा उत्प्रेरित र डिस्कभरी च्यानलमार्फत संसारभर पु¥याइने यो पहलले सगरमाथाबाहेकका अन्य नेपाली साहसिक शिखरबारे विश्वलाई चिनाउने विश्वास लिइएको छ।

नेपालको हिमाल आरोहण्को कथा प्रसिद्ध हिम शिखरहरूमै केन्द्रित रहँदै आएकोमा यो अभियानले नेपाल केवल सगरमाथाको घरमात्र नभई विश्वकै अधिक साहसिक आरोहणको भूमि पनि रहेको यथार्थलाई उजागर गर्नेछ।

‘पिक्स अफ करेज’ अभियानले नेपाली युवाका नयाँ पुस्तालाई अभिप्रेरित गर्ने गरी तयार पारिएको बताइएको छ।

नेपाल पर्यटन बोर्डको सहयोगका साथ यो पहलले शेर्पा, आरोहीका पथप्रदर्शक र स्थानीय पर्यटन व्यवसायीहरूका लागि दीर्घकालीन अवसर सिर्जना गर्ने विश्वास कम्पनीले लिएको छ।

पेप्सीको दक्षिण–एसियाका चिफ मार्केटिङ अफिर तरुण भगतले पिक्स अफ करेज अभियानमार्फत माउन्टेन डियूले सगरमाथाबाहेक अन्य शिखरहरूको कथालाई उजागर गर्ने बताएका छन्।

त्यस्तै वरुण वेभरेजज् नेपाल प्रालिका कन्ट्री हेड विशाल सिंहले पिक्स अफ करेज अभियानको साथमा माउन्टेन डियूले नेपालका विशाल हिमाल आरोहणहरूको भू–भागलाई प्रकाश पार्ने र एडभेन्चरको गहनतम जोशलाई देखाउने बताए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने,‘यो अभियान केवल फिल्ममात्र होइन, यसले मौसमी शेर्पाहरू, स्थानीय आरोही विज्ञहरू र महत्वाकांक्षी एडभेन्चरहरु सहितका हिमाल आरोहण समुदायलाई वास्तविक अनुभवहरूमार्फत सक्रिय रुपमा व्यस्त राख्नेछ।’

प्रकाशित: २९ वैशाख २०८२ १९:३० | Monday, May 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast