प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न अर्थमन्त्री दृढताका साथ खडा हुनुपर्छ : महत

हिमाल प्रेस २८ वैशाख २०८२ १७:४३ | Sunday, May 11, 2025
प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न अर्थमन्त्री दृढताका साथ खडा हुनुपर्छ : महत

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्राथमिकताका आधारमा बजेट बिनियोजन गर्ने कुरामा अर्थमन्त्री दृढताका साथ खडा हुनुपर्ने बताएका छन्।

आईतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले अहिले बजेट बिनियोजनको कार्यान्वयनमा समस्या देखिएको भन्दै आगामी वर्षको बजेटलाई प्राथमिकताका आधारमा बिनियोजन गर्ने कुरामा अर्थमन्त्री दृढताका साथ खडा हुनुपर्ने बताएका हुन्।

बिनियोजन ठीक ढंगले नहुँदा खर्च गर्नुपर्ने ठाँउमा खर्च गर्न नसकिएको र खर्च गर्न नपर्ने ठाँउमा अनावश्यक खर्च भइरहेको उनले बताए। उनले विभिन्न आयोजनाका नाममा थोरैथोरै रकम बाँड्ने प्रवृतिलाई रोक्नुपर्ने सुझाव दिए।

महतले सीमित स्रोत साधनको दुरुपयोग नहुने अवस्था र त्यसको प्रभावकारी कार्यान्वयनका साथै प्रतिफल सुनिश्चित गर्ने अवस्था सिर्जना गर्न सरकारले गम्भीर गृहकार्य गर्नुपर्ने बताए।

प्रकाशित: २८ वैशाख २०८२ १७:४३ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast