राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन्छ : प्रधानमन्त्री

हिमाल प्रेस २८ वैशाख २०८२ १६:२९ | Sunday, May 11, 2025
राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन्छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने बताएका छन्।

आइतबार राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार संविधान संशोधन गर्ने भन्दै यसका लागि अधिकतम सहमति खोज्ने बताए। उनले सरकारमा रहेका व्यक्तिहरुको इच्छाले नभइ सबैको इच्छा बुझेर सहमति खोजेर संविधानको संशोधन गर्ने स्पष्ट पारे।

उनले स्थिरता, सुशासनका साथै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने गरी सरकारको कार्यक्रम आएको बताए। प्रधानमन्त्री ओलीले जनताले फालेको राजसंस्थाका नाममा हुने हिंसात्मक गतिविधि स्वीकार्य नहुने भन्दै यसलाई कानूनअनुसार नियन्त्रण गर्ने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले संविधानले समाजवादोन्मुख व्यवस्था गरेका सन्दर्भमा क्रमिक रुपमा उक्त लक्ष्य हासिल गर्दैै अघि बढ्ने धारणा राखे।

त्यस्तै उनले लोकतन्त्रको सुदृढीकरणका लागि वर्तमान सरकार बनेकाले संविधान, कानुनको पालना गरी उत्पन्न समस्या समाधानको हरसम्भव प्रयास हुने स्पष्ट पारे।

प्रकाशित: २८ वैशाख २०८२ १६:२९ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast