१ डलरको खरिददर १३६ रुपैयाँ ३० पैसा!

हिमाल प्रेस २८ वैशाख २०८२ ६:३९ | Sunday, May 11, 2025
१ डलरको खरिददर १३६ रुपैयाँ ३० पैसा!

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। हिजो यी सबै मुद्राको मूल्य घटेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा छ। हिजो पनि अमेरिकी डलरको विनियमदर यही थियो। आज युरो १ को खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा छ।

आज पाउन्ड १ को खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७७ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा छ।

कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ३१ पैसा छ। बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ११ पैसा छ।

प्रकाशित: २८ वैशाख २०८२ ६:३९ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast