डुंगा पल्टिएर फेवातालमा फसेका सात जनाको सकुशल उद्धार

हिमाल प्रेस २५ वैशाख २०८२ १८:५३
26
SHARES
डुंगा पल्टिएर फेवातालमा फसेका सात जनाको सकुशल उद्धार

काठमाडौँ- पोखराको फेवातालमा डुंगा पल्टिएर फसेका सात नजाको सकुशल उद्धार गरिएको छ।

हावाहुरीका कारण स्ट्याण्डिङ डबल प्याडल बोट पल्टिँदा फेवातालमा फसेका सात जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको हो।

बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण डुंगा तालको बीच भागमा पल्टिएको थियो।

भारत घर भएका २५ वर्षीय सोनु बर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीया पुनम चौधरी, २५ वर्षीय प्रवीण दिक्षित, २४ वर्षीय श्याम प्रजापति र पोखरा गुरुङ गाउँ बस्ने नन्दबहादुर गुरुङको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका सहयाक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

डुंगा पल्टिएसँगै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको गोताखोरसहितको सुरक्षा टोली उद्धार कार्यमा खटिएको थियो।

उद्धारपश्चात गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ वैशाख २०८२ १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast