चीनविरूद्ध नेपाली भूमि प्रयोग गर्न दिइने छैन : देउवा

हिमाल प्रेस २२ वैशाख २०८२ १७:५०
12
SHARES
चीनविरूद्ध नेपाली भूमि प्रयोग गर्न दिइने छैन : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनविरूद्ध नेपालको भूमि प्रयोग गर्न नदिइने स्पष्ट पारेका छन्।

जीपी कोइराला फाउन्डेसनले सोमबार काठमाडौँमा आयोजना गरेको नेपाल–चीन सम्बन्ध दर्शाउने फोटो प्रर्दशनीमा देउवाले एक चीन नीति नेपालले लिएको भन्दै चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न नदिइने बताएका हुन्।

उनले दुई मुलुकबीचको सांस्कृतिक आर्थिक, सामाजिक साझेदारी सदैव मजबुत रहेको धारणा राखे। पारस्पारिक सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धहरुमा पनि नेपाल र चीन सहकार्य गर्दै आएको उनले बताए। देउवाले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्यलगायतका क्षेत्रमा चीनले सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गरे।

उनले नेपाल–चीन सम्बन्ध दर्शाउने फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउँदै दुई देशको सम्बन्धलाई थप उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रकाशित: २२ वैशाख २०८२ १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast