
काठमाडौँ- कृष्ण राउले, एलिना चौहान र रेश्मा पुनको स्वर रहेको गीत ‘कुरै खल्लास’ ट्रेन्डिङमा परेको छ। गीत युट्युबको म्युजिकतर्फ ट्रेन्डिङ १८ मा उक्लेको छ। आइतबार दिउँसोसम्म गीतले दुई लाख ६७ हजारभन्दा बढी भ्युज बटुलेको छ।
मञ्जित पुनको शब्द रहेको गीतमा ऋषि खड्काले संगीत भरेका छन्। विमल छिनलको संगीत संयोजन रहेको गीत डाइनामिक स्टुडियोमा रेकर्ड गरिएको हो।
युमी बलामीको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रियंका कार्की, बिमल अधिकारी, विक्रम बुढाथोकी, विजय पुन, करिष्मा शाही जोयम पुन, कृष्ण राउलेको अभिनय गरेका छन्।
अजय रेग्मी एण्ड टिमले छायांकन गरेको गीतको भिडियो विक्रम चौहानको निर्देशन र विकाश ज्ञवालीको सम्पादनमा बनेको छ। गीत कृष्ण राउलेको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
यस्तो छ गीत