सरकार र शिक्षक महासंघबीचको सहमति पर्याप्त छैन : पूर्वप्रधानमन्त्री डा.भट्टराई

हिमाल प्रेस १८ वैशाख २०८२ ११:३५
606
SHARES
सरकार र शिक्षक महासंघबीचको सहमति पर्याप्त छैन : पूर्वप्रधानमन्त्री डा.भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकार र नेपाल शिक्षक महासंघबीच बुधबार भएको नौ बुँदे सहमति विद्यालय शिक्षा सुधारमा पर्याप्त नभएको बताएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको थियो। उक्त सहमतिलाई बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो।

नौ बुँदे सहमतिपछि महासंघले आन्दोलन स्थगित गरेको छ। पूर्वप्रधानमन्त्री डा.भट्टराईले सहमति र आन्दोलन स्थगितबारे प्रतिक्रिया दिँदै भने, ‘करिब एक महिनादेखि आन्दोलनरत शिक्षकहरू र सरकारबीच सहमति भएर विद्यार्थीहरूको भविष्यमाथि मडारिएको कालो बादल तत्काल टर्नु सकारात्मक छ। परन्तु यो पर्याप्त छैन।’

डा.भट्टराईले देशमा विद्यमान जर्जर, द्वैध र अनुत्पादक शिक्षाप्रणालीको निर्मम शल्यक्रिया नगरी टालटुले सुधारले मात्र नवयुवाहरूलाई देशभित्र टिकाउने र समृद्ध, समुन्नत र समतामूलक समाजको निर्माण गर्ने सचेत र दक्ष जनशक्ति उत्पादन हुने कुनै सम्भावना नरहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast