जनमत र नाउपाबीचको एकता हुँदै

हिमाल प्रेस १७ वैशाख २०८२ ७:२७ | Wednesday, April 30, 2025
जनमत र नाउपाबीचको एकता हुँदै

काठमाडौँ- डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच आज एकता घोषणा हुने भएको छ।

दुवै पार्टी एकताका लागि करिब दुई वर्षदेखि प्रयासरत थिए। यसअघि दुई पार्टीका बीचमा कार्यगत एकताका लागि मोर्चा समेत बनेको थियो।

अन्ततः दुवै पार्टीको बीचमा एकता हुने निश्चित भएको हो। नयाँ बन्ने पार्टीको कार्यकारी अध्यक्षमा राउत रहनेछन् भने संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको छ।

पार्टीको नाम नागरिक जनमत रहनेछ। केन्द्रीय सदस्यहरू आधा-आधा राख्ने सहमति भएको बताइएको छ।

प्रकाशित: १७ वैशाख २०८२ ७:२७ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast