प्रधानमन्त्री र अर्थमन्त्री बजेट कार्यान्वयनमा इमानदार देखिएनन् : पुन

हिमाल प्रेस १५ वैशाख २०८२ १८:०३ | Monday, April 28, 2025
प्रधानमन्त्री र अर्थमन्त्री बजेट कार्यान्वयनमा इमानदार देखिएनन् : पुन वर्षमान पुन। फाइल तस्बिर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चालू आर्थिक बर्षको बजेटको विरोध गरेर मुलुकको अर्थतन्त्र सुधार भयो भन्नु उचित कुरा नभएको बताएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको प्रधानमन्त्री र अर्थमन्त्रीले विरोध गर्ने गरेको भन्दै त्यही बजेटका आधारमा भएको आर्थिक प्रगतिको स्वामित्व लिने कुरा उचित नभएको बताएका हुन्।

उनले प्रधानमन्त्री र अर्थमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा इमान्दारिता नदेखाएको तर्क गरे। पुनले आफू अर्थमन्त्री हुँदा ल्याएको बजेटले नयाँ चरणको आर्थिक सुधारलाई केन्द्रमा राखेका कारण लक्ष्यअनुसारको आर्थिक वृद्धिदर नजिक पुगेको तर्क दाबी गरे।

सरकारले इमान्दारीपूर्वक त्यसलाई कार्यान्वयन गरेको भए मुलुकको आर्थिक वृद्धिदर निकै राम्रो हुने उनको भनाइ छ। पुनले सरकारले बिचौलियाको स्वार्थ पुरा हुने बाटोमा मुलुकको अर्थतन्त्रलाई हिँडाएको आरोप लगाए। उनले बजेट ठीक भएन भन्ने अर्थमन्त्रीको अभिव्यक्ति पनि ठीक नभएको उल्लेख गरे।

उनले अघिल्लो सरकारले ल्याएको बजेटलाई परिमार्जन गर्ने आँट पनि नगर्ने र सरकारमा बसेर बजेटको बिरोध गर्नु राजनीतिक नैतिकता नभएकाले नैतिक रुपमा अर्थमन्त्री पदमा बस्न नमिल्ने धारणा राखे।

प्रकाशित: १५ वैशाख २०८२ १८:०३ | Monday, April 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast