अघि बढ्यो गणित विषय शिक्षक सरुवा प्रक्रिया

हिमाल प्रेस १४ वैशाख २०८२ ११:१५
42
SHARES
अघि बढ्यो गणित विषय शिक्षक सरुवा प्रक्रिया

काठमाडौँ- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ मा अवस्थित सरस्वती माध्यमिक विद्यालयमा रिक्त रहेको माध्यमिक तह तृतीय श्रेणी गणित विषयको स्थायी शिक्षक पदमा सरुवाको प्रक्रिया अघि बढाइएको छ।

विद्यालयबाट २०८१-१२-५ मा प्राप्त अनुरोधको आधारमा सरुवा प्रक्रिया थालिएको हो। योग्यता पुगेका स्थायी शिक्षकहरूबाट आवेदन आह्वान गरिएको छ।

शिक्षा नियमावलीको अनुसूची–१७ अनुसारको ढाँचामा तयार गरिएको निवेदनमा विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइको सहमति संलग्न गरि तोकिएको मितिले १५ (पन्ध्र) दिनभित्र निवेदन पेश गर्न भनिएको छ।

सरुवासम्बन्धी प्रक्रिया शिक्षक सरुवा निर्देशिका, २०८१ को दफा ९ बमोजिम सञ्चालन गरिनेछ। आवेदन दिन इच्छुक शिक्षकहरूले विद्यालयको इमेल ठेगाना: [email protected] मा पनि निवेदन पठाउन सक्ने व्यवस्था गरिएको छ।

सूचनामा म्याद नाघी प्राप्त हुने वा तोकिएको प्रक्रिया नपुगी प्राप्त भएका निवेदनहरू स्वीकार नगर्ने स्पष्ट उल्लेख गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast