कोपा डेल रे : रियललाई पराजित गर्दै बार्सिलोनाको जित

हिमाल प्रेस १४ वैशाख २०८२ ६:५४ | Sunday, April 27, 2025
कोपा डेल रे : रियललाई पराजित गर्दै बार्सिलोनाको जित कोपा डेल रेको उपाधि हत्याएपछि सेलेब्रेसनमा बार्सिलोनाका खेलाडी। तस्बिर : एपी/ रासस

काठमाडौँ- रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको छ।

शनिबार राति सेभिल्लामा भएको कोपा डेल रे को फाइनलमा बार्सिलोनाले रियललाई ३-२ ले हराउँदै उपाधि जितेको हो। पहिलो हाफको २० औँ मिनेटमा बार्सिलोनाका लागि पेड्रीले सुरुवाती अग्रता बनाएको थियो। दोस्रो हाफको ७० मिनेटमा रियलले गोल गर्दै खेलमा फर्कियो।

केलियन एमबाप्पेको गोलमा रियल खेलमा फर्किएको थियो। खेलको ७७ औँ मिनेटमा अर्डा गुलरको कर्नरमा अरेलियन चौमेनीले हेडर गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए।

तर खेलको ८४ औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याएका थिए। बार्सिलोनाको दुई गोलमा लामिन यामल नायक बने।

निर्धारित समयमा दुवैतर्फबाट २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको १ सय १६ औँ मिनेटमा कुन्डेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाउन सफल भए।

प्रकाशित: १४ वैशाख २०८२ ६:५४ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast