‘ऊनको स्वीटर साँझ’ मा सुजन चापागाईंको कन्सर्ट

हिमाल प्रेस १२ वैशाख २०८२ १३:३४ | Friday, April 25, 2025
‘ऊनको स्वीटर साँझ’ मा सुजन चापागाईंको कन्सर्ट

काठमाडौँ- आज पोखरा र धरानमा ‘ऊनको स्वीटर साँझ’ हुने भएको छ। कार्यक्रममा गायक तथा संगीतकार सुजन चापाँगाईंले कन्सर्ट गर्ने भएका छन्।

पोखराको लेकसाइडस्थित हल्लन चोकमा आज अपराह्न ४ बजेबाट सुरु हुनेछ। कार्यक्रम प्रचार नेपाल, पोखराको व्यवस्थापनमा हुन लागेको हो। कार्यक्रमको शीर्षक ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’ राखिएको छ।

यही २६ वैशाख देखि प्रदर्शन हुने फिल्म ‘ऊनको स्वीटर’को प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ।

सुजनसँगै कार्यक्रममा फिल्मका मुख्य कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सम विक्रम राई र निर्देशक नवीन चौहानको उपस्थित हुनेछन्।

कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा र फिल्मका कलाकार एलेक्स पारस र परीक्षा लिम्बुले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुत गर्नेछन् भने सुजन चापागाईँले ‘फूल’ गीतमा एकल प्रस्तुति दिनेछन्।

त्यस्तै, धरानको रंगशालामा वैशाख १८ मा साँझ ५ बजे हुने ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’लाई सुजनको ‘द इन्फिनिटी ब्यान्ड’ ले साथ दिनेछ। कार्यक्रममा ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बु र चर्चित गायिका सुनिता थेगिमको पनि विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। फिल्मको ‘काफ्ले’, ‘फूल’ र ‘मखमली’ गीत चर्चित बनेको छ।

प्रकाशित: १२ वैशाख २०८२ १३:३४ | Friday, April 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast