‘झिल्को’ को ट्रेलरमा स्मार्टफोनको लतले निम्त्याउने समस्या

हिमाल प्रेस १० वैशाख २०८२ १४:५३ | Wednesday, April 23, 2025
‘झिल्को’ को ट्रेलरमा स्मार्टफोनको लतले निम्त्याउने समस्या

काठमाडौँ- यही वैशाख १९ देखि प्रदर्शन हुने फिल्म ‘झिल्को’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, बेवास्ताले अभिभावक र सन्तानबीच बढ्दो दूरी जस्ता समस्यामाथि केन्द्रित छ।

ट्रेलर विद्यालयमा पढिरहेकी एक बालिकाले मोबाइल फोन लिएर जाँदा शिक्षकको आक्रोश झेल्नुपरेको दृश्यबाट सुरू भएको छ।

फिल्ममा कलाकार आयुषी ढकालले बालिकाको भूमिकामा छिन्। अन्य कलाकार सुनिल पोखरेल, वर्षा शिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठलगायतको अभिनय छ।

फिल्मका निर्देशक यादवकुमार भट्टराई हुन्। यसअघि ‘झोला’ जस्तो ऐतिहासिक र सामाजिक सन्देशमूलक फिल्म निर्देशन गरेका भट्टराईले बालबालिका, अभिभावक, शिक्षक र नीति निर्माताबीच समन्वयको आवश्यकता दर्साउन यो कथा छनाेट गरेको बताए।

फिल्मको कथा तथा पटकथा निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देव व्रतको सहकार्यमा लेखिएको हो। मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको फिल्म दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादनमा बनेको छ। उमेश पौडेल कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य हुन्।

यस्ताे छ ट्रेलर

प्रकाशित: १० वैशाख २०८२ १४:५३ | Wednesday, April 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast