चीनको स्मलरीग अवार्डको नोमिनेसनमा सर्ट फिल्म ‘पाउलो’

हिमाल प्रेस ९ वैशाख २०८२ ११:३४ | Tuesday, April 22, 2025
चीनको स्मलरीग अवार्डको नोमिनेसनमा सर्ट फिल्म ‘पाउलो’

काठमाडौँ- नेपाली सर्ट फिल्म ‘पाउलो’ (द सुज) चीनको स्मलरीग अवार्डको नोमिनेसनमा परेको छ।

विश्वभरबाट सहभागी ३ हजार ७ सय ९१ फिल्ममध्ये ९८ फिल्म छनोट भएको थियो। त्यसमध्ये २० फिल्म नोमिनेसनमा परेको आयोजकले जनाएको छ। अवार्ड कार्यक्रम चीनको सेन्जेन सिटीमा मे २३ देखि २५ सम्म हुँदैछ। ‘पाउलो’ प्रदर्शन गरिनेछ।

‘पाउलो’ यसअघि भारतको सिएमएस इन्टरनेसनल चील्ड्रेन्स फिल्म फेस्टिभलमा पनि नोमिनेसनमा परेको थियो। अमेरिकाको अथेन्टिक ग्लोबल फिल्म अवार्ड, रसियाको किनो फेस्टिभल ‘लाईट अफ द वल्र्ड’, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो, भारतको विजाग इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल, बेलायतको लिफ्ट अफ ग्लोबल नेटवर्क सेसन लगायतका थुप्रै फिल्म फेस्टिभलमा ‘पाउलो’ छनोट भइसकेकाे छ। साथै छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (एनसिआईएफ) मा स्पेशल स्क्रिनिङ गरिएको थियो।

जुत्ताको कथावस्तुमा आधारित ‘पाउलो’ मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा, सन्देश थापा, नारायणराज चौलागाइँले अभिनय गरेका छन्।

फिल्मका लेखक तथा निर्देशक मोहन अभिलाषी हुन्। फिल्म पशुपति परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा वरिपरी घुमेको छ। फिल्म सुरुदेखि अन्त्यसम्म जुत्तालाई मुख्य पात्र बनाइएको छ। फिल्ममार्फत जुत्ता एउटा सामाग्री मात्र हैन, मानवीय अनुभूति पनि हुन् भन्ने सन्देश दिएको निर्देशक अभिलाषीले बताए।

काठमाडौँमा छायांकन गरिएको फिल्ममा रेनुका कार्कीको कास्टिङ डिरेक्सन, चक्र प्रसाद पोख्रेलको प्रोडक्सन म्यानेजमेन्ट, करन साउदको सहायक निर्देशन, नारायण जिसीको छायांकन, र अनिल कुमार महर्जनको सम्पादनमा बनेको छ। ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको छ।

निर्देशक अभिलाषीले यसअघि  बनाएका ‘घुर्रा’, ‘भाउ’, ‘द स्कूल वाल’, ‘एक जोर जुत्ता’, लगायतका सर्ट फिल्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा छनोट भएर अवार्डसमेत पाएको छ।

प्रकाशित: ९ वैशाख २०८२ ११:३४ | Tuesday, April 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast