शिक्षकहरू सडकमा, शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

हिमाल प्रेस ८ वैशाख २०८२ १७:५० | Monday, April 21, 2025
शिक्षकहरू सडकमा, शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार भेटेर उनले राजीनामा बुझाएकी हुन्। भट्टराईले पदबाट राजीनामा दिएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले पुष्टि गरेको छ।

अविलम्ब शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षक कर्मचारीहरूले चैत २० देखि काठमाडौँमा आन्दोलन जारी राखेका छन्। केही महिना अघि पोखरामा आयोजित एक सार्वजनिक कार्यक्रममा शिक्षा ऐन जारी गर्न नसके पदबाट राजीनामा दिने भट्टराईले बताएकी थिइन्।

प्रकाशित: ८ वैशाख २०८२ १७:५० | Monday, April 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast