
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार भेटेर उनले राजीनामा बुझाएकी हुन्। भट्टराईले पदबाट राजीनामा दिएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले पुष्टि गरेको छ।
अविलम्ब शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षक कर्मचारीहरूले चैत २० देखि काठमाडौँमा आन्दोलन जारी राखेका छन्। केही महिना अघि पोखरामा आयोजित एक सार्वजनिक कार्यक्रममा शिक्षा ऐन जारी गर्न नसके पदबाट राजीनामा दिने भट्टराईले बताएकी थिइन्।
प्रकाशित: ८ वैशाख २०८२ १७:५०
प्रतिक्रिया