प्रदेशमा कुपोषणको चुनौती सामना गर्न सबै पक्ष जुट्न जरूरी : मुख्यमन्त्री आचार्य

हिमाल प्रेस ८ वैशाख २०८२ १५:३५ | Monday, April 21, 2025
प्रदेशमा कुपोषणको चुनौती सामना गर्न सबै पक्ष जुट्न जरूरी : मुख्यमन्त्री आचार्य चेतनारायण आचार्य

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा भयावह रुपमा देखा परेको कुपोषण, बाल मृत्युदर, मातृ मृत्युदरको चुनौति सामना गर्न सबै पक्ष जुट्न जरुरी रहेको बताएका छन्।

लुम्बिनी प्रदेश योजना आयोग र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा सोमबार दाङको लमहीमा आयोजित स्वच्छ र पोषणयुक्त खाद्यमा सबैको पहुँच विषयक खाद्य प्रणाली संवाद कार्यक्रममा उनले हाल देखा परेका समस्याहरु समाधान गर्न स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालय मिलेर योजनासहितको काममा जुट्न जरुरी रहेको बताए।

मुख्यमन्त्री आचार्यले बढ्दो कुपोषण, कम तौललगायतका समस्या निराकरण गर्न विद्यालयबाटै बालबालिकाबाट पोषणयुक्त खानाको सचेतना जगाउनुपर्ने बताए।

उनले पोषणको अवस्था सुधारका लागि समस्याग्रस्त पालिकाहरुको पहिचान गरेर काम गर्ने वातावरण बनाउन प्रदेश सरकारले ध्यान दिने उल्लेख गरे।

लुम्बिनी प्रदेशमा अहिले पनि कुपोषणको दर उच्च रहेको पाइएको छ। लुम्बिनी प्रदेश योजना आयोगका अनुसार, प्रदेशमा २५ प्रतिशत पुड्कोपना, १६ प्रतिशत ख्याउटेपन, २३ प्रतिशत कम तौत तथा ४९ प्रतिशतमा रक्त अल्पता रहेको छ।

कार्यक्रममा सहभागीहरुले बढ्दो कुपोषण कम गर्न समुदायस्तरमा सचेतनासँगै राज्यको लगानी बढाउन आवश्यक रहेकोमा जोड दिएका थिए।

प्रकाशित: ८ वैशाख २०८२ १५:३५ | Monday, April 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast