चर्चामा ‘ऊनको स्वीटर’ को गीत ‘काफ्ले’

हिमाल प्रेस ८ वैशाख २०८२ ११:५७ | Monday, April 21, 2025
चर्चामा ‘ऊनको स्वीटर’ को गीत ‘काफ्ले’

काठमाडौँ- यतिबेला सामाजिक सञ्जाल टिकटक, फेसबुक-इन्स्टा रिल्स र युट्युब सर्ट्समार्फत् ‘काफ्ले’ बोलको गीतले चर्चा पाइरहेको छ। गीत फिल्म ‘ऊनको स्वीटर’ मा समावेश छ।

झुमा लिम्बु र सुजन चापागाईंको स्वर रहेको गीतलाई दर्शकले रूचाएका छन्। गायिका झुमाकै संगीत रहेको गीत युवराज काफ्लेले लेखेका हुन्।

युट्युबमा गीतकाे भिडियोले १४ लाखभन्दा धेरै भ्युज बटुलिसकेको छ। टिकटकमा पनि ५० हजारभन्दा बढीले भिडियो बनाएका छन्।

निर्माण टिमले पनि यही गीतको प्रयोग गर्दै रिल्समार्फत प्रमुख पात्र परीक्षा लिम्बू र एलेक्स पारसलाई परिचय गराइरहेका छन्। फिल्ममा परीक्षा र एलेक्सले पान्थर नवमीडाँडाका डम्बर काफ्ले र ईक्सा लिम्बूको भूमिकामा अभिनय गरेका छन्। गीतको अफिसियल भिडियोमा भने अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर देखिएका छन्।

पछिल्लो प्रविधि अँगाल्दै कलाकारहरूको पात्र परिचय गराउन नयाँ शैली अपनाइएको निर्देशक निर्देशक नवीन चौहानले बताए। यसअघि फिल्मको ‘मखकली’ र ‘फूल’ बोलको गीत पनि चर्चित बनेको छ।

फिल्म यही वैशाख २६ देखि विश्वव्यापी प्रदर्शन हुनेछ। फिल्ममा अन्य कलाकार विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय छ। यो आर्टमाण्डूको निर्माणमा बनेको पहिलो फिचर फिल्म हो।

यस्ताे छ गीत

प्रकाशित: ८ वैशाख २०८२ ११:५७ | Monday, April 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast