एकल साँझमा गुञ्जिँदै गायक दीप श्रेष्ठ

हिमाल प्रेस ७ वैशाख २०८२ १७:०२ | Sunday, April 20, 2025
एकल साँझमा गुञ्जिँदै गायक दीप श्रेष्ठ

काठमाडौँ- वरिष्ठ गायक दीप श्रेष्ठले भक्तपुरमा एकल सांगीतिक साँझ गर्ने भएका छन्। भक्तपुर सांगीतिक समाज र चेम्बर अफ कमर्सको आयोजनामा ‘दीप श्रेष्ठ सांगीतिक साँझ’ हुन लागेको हो।

कार्यक्रम यही २० वैशाखमा सल्लाघारीस्थित इम्पेरियल बैंक्वेटमा हुनेछ। वरिष्ठ गायक दीप श्रेष्ठको कालजयी संगीतले युवादेखि वृद्धसम्मलाई मनोरञ्जन प्रदान गर्ने विश्वास लिइएको भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले बताए।

आयोजक अनुसार कार्यक्रममा मौलिक सांस्कृतिक पहिचान झल्किने सामग्री, विभिन्न उत्पादन एवं परिकारका खानाका स्टलसमेत हुनेछ।

आयोजकले कार्यक्रममा हजारभन्दा बढी दर्शक सहभागी हुने आंकलन गरेको छ। एकल साँझमा सहभागि हुन दर्शकलाई  १ हजार, १५ सय र २५ सयको टिकट शुल्क तोकिएको छ।

प्रकाशित: ७ वैशाख २०८२ १७:०२ | Sunday, April 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast