ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न प्रअहरूलाई काठमाडौँ महानगरको निर्देशन

हिमाल प्रेस ७ वैशाख २०८२ १५:०९ | Sunday, April 20, 2025
ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न प्रअहरूलाई काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न प्रधानाध्यापकहरूलाई निर्देशन दिएको छ। परीक्षा वैशाख ८ गतेदेखि सम्बन्धित विद्यालयहरूमा सञ्चालन गरिने महानगरको शिक्षा विभागले जनाएको छ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनबीच महानगरले उक्त परीक्षा सञ्चालन गर्न लागेको हो। आन्दोलनकै बीच महासंघले आम शैक्षिक हडतालसमेत घोषणा गरेको थियो। हडतालका कारण शैक्षिक गतिविधि ठप्प छ।

आधारभूत शिक्षा परीक्षामा एनजी प्राप्त गरेका विद्यार्थीहरूका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागिएको हो। महानगरपालिकाको शिक्षा विभागका अनुसार ग्रेडवृद्धि  परीक्षा केन्द्र सम्बन्धित विद्यालयमा कायम गरी सम्बन्धित प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको छ।

प्रकाशित: ७ वैशाख २०८२ १५:०९ | Sunday, April 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast