९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत

हिमाल प्रेस ५ वैशाख २०८२ ११:२४ | Friday, April 18, 2025
९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत

झापा- जिल्लाको चालु आर्थिक वर्षको ९ महिनामा पुँजीगत खर्च ३७.५ प्रतिशत भएको छ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ १० अर्ब ७० करोड विनियोजन भएकामा चैत मसान्तसम्म चार अर्ब एक करोड ५२ लाख खर्च भएको छ।

‘चालुतर्फ विनियोजित १६ अर्ब १४ करोड ६८ लाखमध्य ११ अर्ब १९ करोड ७२ लाख खर्च भएको छ’, उनले भने।

समग्रमा जिल्लाको १५ अर्ब २१ करोड २५ लाख १८ हजार खर्च भएको छ। चालु आवको चैत महिनासम्म १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ राजस्व संकलन भएको छ।

प्रकाशित: ५ वैशाख २०८२ ११:२४ | Friday, April 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast