नेप्से परिसूचक २६ अंकले बढ्यो

हिमाल प्रेस ४ वैशाख २०८२ १६:२२ | Thursday, April 17, 2025
नेप्से परिसूचक २६ अंकले बढ्यो सेयर बजार

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ४९ अंकले बढेर दुई हजार ७२२ दशमलव ७३ को विन्दुमा कायम भएको छ।

आज तीन सय ११ कम्पनीको दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हजार ५५५ पटक खरिदबिक्री हुँदा १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ दशमलव ३२ मूल्य बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

साताको अन्तिम कारोबार दिन आज बजारसँगै कारोबार रकम पनि बढेको हो। आज एक सय ८७ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको मूल्य घटेको छ। अघिल्लो दिन सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ बराबरको कारोबार भएको थियो। आज व्यापार शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने अन्य सबै समूहका परिसूचक बढेका छन्।

आजको कारोबारमा नेपाल माइक्रो इन्सोरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज एनआएसी एसिया डिवेन्चरको सेयर मूल्य सबैभन्दा बढी चार दशमलव ७९ प्रतिशतले घटेको छ।

प्रकाशित: ४ वैशाख २०८२ १६:२२ | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast