काठमाडौँ- सुनको मूल्य बिहीबार तोलाको एक लाख ९० हजार ६०० पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
बुधबार मंगलबार प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा तीन हजार ६०० ले एक लाख ९० हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, आज चाँदीको मूल्य तोलाको एक हजार ९६० कायम भएको छ। अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा पाँचले बढेर एक हजार ९६० कायम भएको हो।
प्रकाशित: ४ वैशाख २०८२ १२:११ | Thursday, April 17, 2025
प्रतिक्रिया



