रिक्त शिक्षक दरबन्दी विवरण जेठ मसान्तभित्र पठाउन केन्द्रको निर्देशन

हिमाल प्रेस ३ वैशाख २०८२ ११:०८ | Wednesday, April 16, 2025
रिक्त शिक्षक दरबन्दी विवरण जेठ मसान्तभित्र पठाउन केन्द्रको निर्देशन

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले मंगलबार (वैशाख २) सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइहरूलाई परिपत्र गर्दै सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दीको विवरण तोकिएको मितिभित्र पठाउन स्पष्ट निर्देशन दिएको छ।

केन्द्रले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ८ अनुसार प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूको रिक्त दरबन्दी विवरण हरेक वर्षको जेठ मसान्तभित्र सम्बन्धित जिल्ला स्थित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्ने व्यवस्था स्मरण गराएको हो।

साथै, विवरण पठाउँदा सोही नियमको उपनियम (२) मा रहेको प्रावधानको पनि कडाइका साथ पालना गर्न आग्रह गरिएको छ।

केन्द्रका अनुसार समयमै विवरण नपठाउँदा शिक्षक व्यवस्थापन, दरबन्दी मिलान र नियुक्तिसम्बन्धी कार्य प्रभावित हुने भएकाले स्थानीय तहले गम्भीरतापूर्वक जिम्मेवारी पूरा गर्नु जरुरी छ।

प्रकाशित: ३ वैशाख २०८२ ११:०८ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast