पुरानो व्यवस्थामा फर्कन खोज्ने ‘भूतप्रेत’ हुन् : महामन्त्री थापा

हिमाल प्रेस २९ चैत २०८१ २०:३४ | Friday, April 11, 2025
पुरानो व्यवस्थामा फर्कन खोज्ने ‘भूतप्रेत’ हुन् : महामन्त्री थापा कांग्रेस महामन्त्री गगन थापा/फाइल तस्बिर

भोजपुर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्थाबाट मुलुक पुनः पछाडि फर्कने अवस्था नरहेको बताएका छन्।

शुक्रबार कांग्रेस भोजपुरको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दैै उनले पुरानो व्यवस्थामा पुनः फर्कन खोज्नुलाई भूतप्रेतको संज्ञा दिए। अब फेरि नेपालमा संवैधानिक राजा बनाउन नसकिने बताउँदै गणतन्त्रलाई संस्थागत गर्न त्यसभित्र देखिएका फोहरलाई सफा गर्न जरुरी रहेको उनको भनाइ छ।

अहिलेको व्यवस्थामा बढ्दै गएको असन्तुष्टिलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

विसं २०४६ पछि लाभमा रहेका व्यक्तिको छानबिन गर्न शक्तिशाली आयोगको जरुरी रहेको बताउँदै महामन्त्री थापाले छानबिनमा कांग्रेसका नेता अथवा जोसुकै परे पनि त्यसको भारी कांग्रेसले नबोक्ने बताए।

पार्टीको महाधिवेशन तोकिएको समयभित्रै हुनुपर्ने बताउँदै उनले अहिले त्यसका लागि आवश्यक तयारी भइरहेको बताए।

प्रकाशित: २९ चैत २०८१ २०:३४ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast