काठमाडौँ- नेपाल प्रहरीले पक्राउ गरेपछि दुर्गा प्रसाईंले आफू नआत्तिएको प्रतिक्रिया दिएका छन्।
यही चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईंलाई आज प्रहरीले झापामा पक्राउ गरेको छ।
प्रहरी भ्यानबाट ओर्लदै प्रसाईंले सञ्चारकर्मीलाई देखेपछि भने,‘म आत्तेको छैन। यो तस्करविरुद्धको लडाइँ हो। आफैँ पक्राउ दिएको हो।’
प्रसाईंलाई प्रहरीले भद्रपुर विमानस्थलबाट जहाजमा काठमाडौँ ल्याउँदैछ।
प्रकाशित: २९ चैत २०८१ १२:३५ | Friday, April 11, 2025
प्रतिक्रिया




